Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध किसानलाई डेढ अर्ब भुक्तानी दिन ढिलो भएको भन्दै डीडीसीले माग्यो माफी

अर्थ संसार

आइतबार, २३ असार २०८१, १२ : ५५ मा प्रकाशित

दुग्ध किसानलाई डेढ अर्ब भुक्तानी दिन ढिलो भएको भन्दै डीडीसीले माग्यो माफी

 दुग्ध विकास संस्थान (डिडिसी) ले समयमै दुग्ध किसानलाई भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ ।

संस्थानले बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा डेढ अर्ब रुपियाँबराबरको धुलो दूध, मक्खन मौज्दात रहेको तथा दुग्ध पदार्थ भण्डारण गर्दा संस्थानको खर्च बढिरहेकाले किसानलाई गर्नुपर्ने भुक्तानीमा ढिलो भई कृषक परिवारमा परेको असहजताप्रति माफी मागेको हो । 

साथै, संस्थानले सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थको बिक्रीबाट कृषको भुक्तानी सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई समेत व्यवस्थित गरिने प्रतिबद्धतासमेत जनाएको छ ।

त्यसैगरी संस्थालने बजार खपत बढाई कृषको भुक्तानी नियम बनाउन दुग्धजन्य पदार्थमा छुटसमेत दिएको जनाएको छ । संस्थानका अनुसार धुलो दूध ६०० र मक्खन प्रतिकेजी ८०० रुपियाँ (करसहित) निर्धारण गरिएको छ । 

 

संस्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर आदिको खपत बढाइदिन संस्थानले व्यापारी तथा उद्योगीलाई आग्रहसमेत गरेको छ । 

आमउपभोक्तालाई पनि संस्थानले जतिसक्दो बढी धुलो दूध, क्रिम, मक्खन, घिउको आदिको खपत गरिदिन भनेको छ । 

668a42aeb56ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको