Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमाको २२ लाख रकमसहित कर्मचारी फरार

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १४ : ४६ मा प्रकाशित

स्वास्थ्य बीमाको २२ लाख रकमसहित कर्मचारी फरार

सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् । स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने रकम लिएर ती कर्मचारी फरार भएका हुन्।  उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अलीले बोर्डको स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा गनुपर्ने २२ लाख रकम लिएर फरार भएका हुन्। 

पुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको थियो । तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको