Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, ०९ : ४५ मा प्रकाशित

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्ले नियुक्त भएका छन्।

डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल गत कात्तिक २५ गतेबाट पूरा भएको थियो। सरकारले रिक्त कार्यकारी निर्देशकको पदमा काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो। उनको कार्यकाल सकिएपछि मन्त्रालयले डा सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएको थियो।

कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषदले काफ्लेलाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका काफ्ले यसअघि स्वास्थ्य मन्त्रालयले गठन गरेको बीमा सुझाव कार्यदलमा सदस्य थिए। वैदेशिक रोजगार बोर्डको कार्यकारीको भूमिका निर्वाह गरेका उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष पनि थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको