Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : १७ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै सेयरबजारमा आज एक अर्ब १४ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंक र नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । यी दुवै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

एनआइसी एशियाको ४ करोड ९४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख र सिद्धार्थ बैंकको प्रोमोटर शेयर २ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको