Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : २६ मा प्रकाशित

कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपअन्तर्गत आफ्नो बचत ब्याजदर २.७५ देखि ८ प्रतिशतसम्म कायम गरेको हो । मुद्दती निक्षेपमा बैंकले संस्थागत ग्राहकका लागि ६ महिनादेखि ५ वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याजदर तोकेको छ । बिडिङका लागि सोही समय सीमाको लागि वार्षिक ९.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

व्यक्तिगत सामान्य मुद्दती निक्षेप खाताहरूमा विभिन्न मुद्दती निक्षेप खाताहरूमा ३ महिनासम्म ५ वर्षको लागि वार्षिक ११ प्रतिशतको ब्याजदर छ । ऋणको सन्दर्भमा, आधार दरहरूमा प्रिमियम दरहरू प्रीमियम र ओभरड्राफ्ट ऋणहरूको लागि २५ देखि ५.५ सम्मको कायम गरिएको छ। बैंकको आधारभूत ब्याजदर २०७९ पुस मसान्तसम्म ११.०६ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको