Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको तेस्रो त्रैमासः खुद नाफामा पहिरो, ईपीएसमा गिरावट

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १३ : ५३ मा प्रकाशित

कृषि विकास बैंकको तेस्रो त्रैमासः खुद नाफामा पहिरो, ईपीएसमा गिरावट

सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो ।

आर्थिक वर्ष २०७८र७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ९एनपीएल० दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा जम्मा २.३२ प्रतिशत रहेको बैंकको खराब कर्ताको दर अहिले बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेयरमेन्ट चार्ज  (प्रोभिजनिङ) २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ ।

जसका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा समेत ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको