कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।
नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।
२०८१ भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सदस्य मैनालीले पद तथा गोपनियताको शपथ समेत लिइसकेको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस