लाभांश पारितलाई मुख्य एजेण्डासहित कृषि विकास बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा बेलाएको छ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा पुस २९ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा बेलाएको हो।
सभाले सेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै बोनस सेयर वितरणपछि जारी र चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
सभा प्रयोजनका लागि बैंकले पुुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस