Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइनमार्फत ठगि बढ्दै गएपछि ग्राहकलाई सचेत हुन कृषि विकास बैंकको आग्रह (सूचनासहित)

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, ११ : ३५ मा प्रकाशित

अनलाइनमार्फत ठगि बढ्दै गएपछि ग्राहकलाई सचेत हुन कृषि विकास बैंकको आग्रह (सूचनासहित)

कृषि विकास बैंक लिमिटेडले अनलाइन ठगि बढ्दै गएपछि त्यसबाट सचेत हुन आफ्ना ग्राहकलाई आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै अनलाइन ठगि बढ्दै गएपछि त्यसबाट सचेत हुन आफ्ना ग्राहकलाई आग्रह गरेको हो ।

समाजिम सञ्चालमार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम भनि ठगि भइरहेकोप्रति आफ्ना ग्राहकलाई त्यसबाट सचेत हुन बताएको हो । 

बैंकले सामाजिक सञ्जालमार्फत, कुनै पनि लिंक, चिठ्ठा तथा उपहार कार्यक्रम नल्याएको पुष्टी गरेको छ। साथै, खाताको केवाइसी अपडेट गर्ने प्रयोजनार्थ वा अन्य कुनै प्रयोजनका लागि ओटिफि लिकं, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने बैंकले सूचनामार्फत जनाएको छ ।

गोप्य सूचना बैंकले समाजिक संजाल मार्फत नमाग्ने भएको हुँदा यस्ता कार्य गरेको पाइएमा नजिकको शाखा वा टोल फ्री नं. १६६००१११११० मा वा ९८४७३४६०९५ वा ०१४२६३३८७ मा सम्पर्क गर्ने सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको