राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेको राहदानी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो।
सभापति लामिछानेमाथि अमेरिकी राहदानी भएकै बेला नेपाली राहदानी निकालेर दुरुपयोग गरेको आरोप लागेको थियो। चितवन-२ बाट निर्वाचित सभापति लामिछानेविरुद्ध नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सोही रिटमा सर्वोच्चले माघ १३ गते उनको सांसद् पद खारेज गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस