नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिंदै प्रतिपक्षलाई भेट्न २०८४ सम्म पर्खिन नपर्ने टिप्पणी गरेका छन् । उपराष्ट्रपतिको मतदान गरेर फर्किनेक्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै ओलीले गगन थापाले यसअघि २०८४ सालसम्म एमालेसँग भेट हुने सम्भावना नरहेको भन्ने अभिव्यक्तिको जवाफ दिएका हुन् ।
ओलीले फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको भन्ने अभिव्यक्तिमा महामन्त्री थापाले सो टिप्पणी गरेका थिए ।
ओलीले भने- 'एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षसँग भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्यो ? त्यहाँभित्र गडबडी होलान् ।'
मतदानबाट फर्किएपछि ओलीले हारजित हुने कुरा स्वाभाविक भएको बताउदै अहिले साँठगाँठको सिस्टम भएकाले कसको शक्ति कति भन्ने नभएको टिप्पणी गरे । उनले भने- ‘अहिले साँठगाँठको सिस्टम भयो । यसमा कसले जित्यो कसले हार्यो ? कसको शक्ति कति भन्ने नै भएन ? अहिले त जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस