Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानमा इमरान खानको घरमा प्रहरीले चलायो डोजर, बलजफ्ती गर्दा भित्रबाट गोली प्रहार

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, १६ : ३२ मा प्रकाशित

पाकिस्तानमा इमरान खानको घरमा प्रहरीले चलायो डोजर, बलजफ्ती गर्दा भित्रबाट गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरी प्रवेश गरेको छ। पाकिस्तानस्थित लाहोरको जमान पार्कमा रहेको घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको बीबीसीले जनाएको छ। प्रहरीले बलजफ्ती डोजर चलाएर इमरान खानको घरको ढोका फोडेर प्रवेश गरेको हो।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, 'प्रहरीले बलजफ्ती गरिरेको अवस्थामा घरभित्रबाट गोली चलेको छ।' बीबीसीअनुसार पूर्वप्रधानमन्त्री खानको घरभित्र रहेका उनका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरीको दाबी छ।

यस्तै, इस्लामावादस्थित अदालततर्फ जाँदै गर्दै खानको टोली दुर्घटनामा समेत परेको बताइएको छ। यद्यपि, उनी अदालत पुगिसकेका छन्। खानले सरकारले आफूलाई पक्राउ गर्न खोजेको बताउँदै आएका छन्। यसअघि उनी शुक्रबार साँझ लाहोर हाइ कोर्ट पुगेका थिए।

अदालतले उनलाई जमानत दिएको थियो। मार्च १४ मा उनलाई पक्राउ गर्न प्रहरी उनको घर पुगेको थियो। तर प्रहरी उनलाई नियन्त्रणमा लिन असफल भयो। त्यसक्रममा इमरान खानको पार्टी पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको