आज सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड १९ लाख, सिटिजन्स इन्टरनेशनल बैंकको प्रोमोटर शेयरको ५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ३ करोड ४२ लाख रुपैयाँमाकिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस