Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले करिब ७ अर्ब बराबरको अनुदान स्वीकार गर्ने

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०७ : २० मा प्रकाशित

सरकारले करिब ७ अर्ब बराबरको अनुदान स्वीकार गर्ने

सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ७ अर्ब रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाल कार्यान्वयन नगर्ने पनि निर्णय भएको छ।

बैठकले नेपाल र बंगलादेशबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’ को समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

विद्युत नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने भएको छ।

त्यस्तै माओवादीका बहिर्गमित लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका–१ को करिब दुई सय ८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय भएको छ।

नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्कालाई नियुक्त गर्ने सरकारको निर्णय छ।

सरकारले दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने र नेपाली सेनाको एफटिडीको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृति दिने पनि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको