Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफको साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १२ : २७ मा प्रकाशित

आईएमई लाइफको साधारण सभा सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार काठमाडौं लैनचौरमा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सभामार्फत् कम्पनीले आर्थिक वर्ष २०७८–०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरण पारित गरेको कम्पनीले बताएको छ ।

सभामा बोल्दै अर्यालले आर्थिक वर्ष २०७९–८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२।३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको बताए ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको