Like us!
Follow us!
Connect us!
Watch us!

शेखर गोल्छाले भने- ‘अर्थतन्त्र अझ समस्यामा छ’

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १४ : ४२ मा प्रकाशित

शेखर गोल्छाले भने- ‘अर्थतन्त्र अझ समस्यामा छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न परिसूचकले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएतापनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको औँल्याएका छन् । आज (मंगलबार) महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । 

उनले धेरै क्षेत्रहरुमा आर्थिक मन्दी छाएको उदाहरण समेत पेश गरे । उनले अब विकासमा मात्रै खर्च गर्ने गरी कडा र परिपक्क निर्णय नगर्ने हो भने मुलुकको अर्थतन्त्रले नयाँ गति लिन नसक्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘विभिन्न परिसूचकले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएतापनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको छ।  अब वितरण मुखी माइन्ड सेटबाट बाहिर निस्कनुपर्छ । खाई-पाई आएकाहरुलाई त्यस्तो रकम रोक्दा अलोकप्रिय त बनिन्छ । तर, त्यसो नगर्ने हो भने यो देशमा दिर्घकालिन समृद्धि सम्भव छैन ।’ 

उनले भौतिक पूर्वाधारमा खर्च गर्ने, खर्च गर्ने क्षमता बढाउने र मानसिकतामा परिवर्तन गर्ने काम अनिवार्य रुपमा गर्नुपर्नेमा जोड दिए । विभिन्न परिसूचकहरुले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएता पनि वास्तवमा नेपाली अर्थतन्त्र कहाँ र कस्तो रुपमा संकटमा छ भन्ने उदाहरण समेत पेश गरेका छन् । उनले भने, ‘औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा ठूलो मात्रामा रोजगारी गुमिरहेको छ । यो आर्थिक मन्दीको स्पष्ट सूचक हो ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको