Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासंघको सुझाव– ब्याजदर घट्ने वातावरण बनाउनुस्

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १४ : ३५ मा प्रकाशित

नवनियुक्त अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासंघको सुझाव– ब्याजदर घट्ने वातावरण बनाउनुस्

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज (आइतबार) सिंहदरवारमा भएको भेटवार्ताका क्रममा महासंघले अर्थतन्त्रको पछिल्लो अवस्था र निजी क्षेत्रले भोगेका समस्याबारे जानकारी गराएका हुन् । भेटवार्ताको क्रममा महासंघका अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिएका थिए  । 

यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव छ । सहकारी र लघुवित्तमा तरलता बढाउनेगरी काम गर्न पनि उनले आग्रह गरे । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै गोल्छाले त्यसलाई बढाउन सुझाव दिए । यसरी लिएको ऋण विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको