Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षे कार्यकालमा तीनजना प्रधानमन्त्रीलाई स्वागत गर्यौँ तर सकंट र अस्थिरता कायमै रह्यो :शेखर गोल्छा

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ११ : ५७ मा प्रकाशित

दुई वर्षे कार्यकालमा तीनजना प्रधानमन्त्रीलाई स्वागत गर्यौँ तर सकंट र अस्थिरता कायमै रह्यो :शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले दुई वर्ष चार महिनाको कार्यकालमा तीनजना प्रधानमन्त्रीलाई हामीले स्वागत गर्न पाएको तर सधै सकंट र अस्थिरताबीच काम गर्न पर्ने बाध्यता रहेको बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघकमो ५७ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली समाजले कहिले नभोगेको संकटको समय संगठिक सहकार्यको सम्बाहक बन्न सकेकोमा गौरवाम्बित महसुस भएको बताएका छन् ।

उनल भने,‘नेपाल उद्योग वाणिज्य महासंघले ५६ औँ वर्ष पूरा गरी ५७औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा म यहाँ उपस्थित भएका सबैप्रति अनुग्रहित छु । उहाँ उभिँदा म अत्यन्त कठिन र चूनौती पूर्ण काल खण्डमा महासंघप्रति विश्वास र भरोसा राख्ने सबैलाई धन्दवाद दिन चाहन्छु । अहिलेको प्रतिकुलतालाई अनुकुलतामा बदल्न चाहेको मेरो प्रसासलाई यहाँहरुले साथ र अवसर दिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाली समाजले कहिले नभोगेको संकटको समय संगठिक सहकार्यको सम्बाहक बन्न सकेकोमा गौरवाम्बित महसुस गरेको छु । कोभिडको बेलामा धारासायी भएको अर्थतन्त्रलाई जोगाउन सबैको दायित्व थियो । सिमित स्रोत भएको देशमा यस्तो किसिमको असिमित संकट आइपर्दा दायित्व निर्वाह गर्न कठिन थियो । तर, हामी, बैंक र वीत्तीय संस्थाले काम गर्न सकयौँ । जसले गर्दा हामीले सोच भन्दा राम्रो ढंगले अर्थतन्त्रलाई लयमा फर्काउन सक्यौँ । २ प्रतिशतले विस्तार भएको अर्गतन्त्रलाई ६ प्रतिशतमा लायउन सकयौँ । तर, खासगरी हामीले आफ्नै कामले यसलाई दिगो गर्न सकेनौँ । आज हामी अर्थतन्त्र जोगाउन संघर्षरत छौँ । राजनीतिक अस्थिरताका कारण यो समय पनि अनिश्चत जस्तै भयो । दुई वर्ष चार महिनाको कार्यकालमा हामी तीनजना प्रधानमन्त्रीलाई हामीले स्वागत गर्न पायोँ । तर, साधै सकंट र अस्थिरताबीच काम गर्न पर्ने बाध्यता छ । ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको