सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज सेयरबजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ५० लाख, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ३ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस