Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ र सिटी सेन्टरबीच के छ कनेक्शन? प्राधिकरणको नियम विपरित यसरी गरियो अवैध लगानी !

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १७ : ५२ मा प्रकाशित

नेपाल लाइफ र सिटी सेन्टरबीच के छ कनेक्शन? प्राधिकरणको नियम विपरित यसरी गरियो अवैध लगानी !

नेपाल लाइफ इन्स्योरेन्स एक बिमा कम्पनी हो । बिमितहरुले आफ्नो भविष्यका लागि त्यहाँ पैसा जम्मा गर्ने गर्छन् । तर, सो कम्पनीका संस्थापक र सञ्चालकहरुले बिमित कै रकम प्रयोग गरी अन्यत्र लगानी गरिरहेको पाइएको छ । सो कम्पनीले सदैव बिमा प्राधिकरणको नियमलाई उलंघन र वेवास्ता गर्दै आएको छ । सो कम्पनीका सञ्चालक कमलेश अग्रवालले विभिन्न क्षेत्रमा अवैध लगानी गरिरहेको पाइएको छ । 

नेपाल लाइफमा कमलेश कुमार अग्रवालको दबदबा छ । उनी कम्पनीका अध्यक्ष गोविन्द लाल संधाइका विश्वास पात्र हुन् । सोही आधारमा उनले कम्पनीमा मनलाग्दी र अन्य क्षेत्रमा बिमितको रकमलाई अवैध रुपमा लगानी गरिरहेको खुलासा भएको छ । कमलेश नेपाल लाइफका आधारभुत सेयरधनी नै नभएको पाइएको छ । तर, उनले सञ्चालक पदमा आसिन रही कम्पनीको सेयरधनीहरु पोस्ने र रिझाउँने गरेका छन् ।

उनले आफ्ना सेयरधनीलाई पास्न सिटी सेन्टरमा अवैध लगानी गरिरहेका छन् । नेपाल लाइफका संस्थापकहरुले नेपाल लाइफलाई समेत लगानीकर्ता बनाएर सिटी सेन्टर निर्माण गरेको पाइएको छ । नेपाल लाइफ र सिटी सेन्टरबीच के छ कनेक्शन? यो प्रश्न उब्जीएको छ । प्राधिकरणको नियम विपरित किन मनलाग्दी गरिरहेको छ, नेपाल लाइफले? यो सरासर नियम विपरित हो । 

नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन निर्देशिका मार्फत् साझेदारीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरेपनि उक्त कम्पनीले अटेर गर्दै आएको छ । गत कार्तिक २२ गतेदेखि लागु भएको बीमा ऐनको अनुसार साझेदारीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरेपनि नेपाल लाइफका संस्थापकहरुले नियम विपरित कार्य गरी अर्बौ रकम कमाइरहेका छन् । 

ऐनको दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ती जोड्न नहुने व्यवस्था पछि भने लगानी हटाउनै पर्ने भएको छ । ऐन लागु हुनु भन्दा अगाडी नै साझेदारीमा लगानी भएको अवस्थामा ६ महिना भित्रमा आफ्नो लगानीलाई अलग गर्नु पर्ने व्यवस्था रहेको छ । 

तर त्यो भएन । कम्पनीले लगानी नभइ सिटी सेन्टरको प्रमुख आम्दानीमै प्राभाव पर्ने गरी बाँडफाँड गरियो । नेपाल लाइफको सिटी सेन्टरमा आधाको लगानी रहेतापनि सो कम्पनीले कुल आम्दनीको आधा रकम समेत नपाउने गरी त्यहाँ संरचना निर्माण गरियो । सिटी सेन्टरमा नेपाल लाइफका लागि छुट्टाइएको जग्गामा लिफ्ट, फ्रि–स्पेसहरु निर्माण गरिएको छ । सिटी सेन्टरमा कम्पनीको जग्गामा निर्माण गरिएको लिफ्ट नेपाल लाइफका सञ्चालकले लिजमा दिएको छ । कम्पनीले ‘गोपालजी इन्टरप्राइजेज’ले लिफ्ट सञ्चालन गर्न सहमति दियो । र, लिज वापत गोपालजी इन्टरप्राइजेजबाट नेपाल लाइफले मासिक १० लाख आम्दनी गरिरहेको छ । 

यस विषयमा जानकारी पाउन साथ प्राधिकरणले स्थलगत अवलोकन गर्यो । अवलोकनको क्रममा प्राधिकरणको कार्यकारी निर्देशक टोलीले एक निर्णय सार्वजनिक गर्यो । प्राधिकरणको निर्णयमा भनिएको छ,‘कम्पनीको मुनाफामा असर पुग्ने गरी सिटी सेन्टरमा संरचना गरिएको छ ।’ 

उक्त निर्णयपछि प्राधिकरणले नेपाल लाइफसँग स्पष्टिकरण सोध्यो । प्राधिकरणले नेपाल लाइफलाई आफ्ना अधिनमा रहेको सिटी सेन्टरको लगानी बिक्रि गर्न सुझायो । तर, कम्पनीले आफ्नो जग्गामा निर्माण गरिएको लिफ्टबाट मासिक १० लाख रकम कमाई रहेको कारण प्राधिकरणको स्पष्टिकरणलाई अटेर गर्यो । 

सिटी सेन्टरमाको कुल क्षेत्रफलको आधा हिस्सा नेपाल लाइफको छ । आधा जग्गामा कम्पनीले भर्याङ, पार्किङ, ट्वाइलेट, बाथरुम निर्माण गरेको छ । सो क्षेत्रलाई लिजमा दिई कम्पनीले मनग्य आम्दनी गरिरहेको छ । त्यस्तै नेपाल लाइफले आफ्ना जग्गामा ‘पब्लिक प्लेस’ निर्माण गरी निकै फाइदा लिइरहेको छ । लिजमा दिइएको जग्गामा सटर र व्यवसायी निकै कम हुने गरेको पाइएको छ । सो विषयलाई लिएर पुनः प्राधिकराणले अवलोकन गर्यो । प्राधिकरणले भन्यो,‘संस्थागत सुशासनलाई मिचेर अवैध लगानी र एनको विपरित कार्य हुनुहुँदैन् ।’

बीमा ऐन २०७९ को दफा ६९ को उपदफा एकमा बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ती जोड्न हुँदैन भनिएको छ ।

त्यस्तै उपदफा २ मा यो ऐन प्रारम्भ हुनु अघि बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेन्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ती जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तीबाट आफ्नो व्यवसाय वा सम्पत्ती अलग गर्नुपर्नेछ ।

नेपाल लाइफले संयुक्त लगानीमा २०६५ सालमा सिटी सेन्टर सञ्चालनमा ल्याएको थियो । नेपाल लाइफका संस्थापक लगानीकर्ताले पब्लिकको पैसामा सञ्चालित कम्पनीको कोषलाई आफ्नो व्यक्तिगत फाइदा हुने गरी यस्तो क्षेत्रमा लगानी गरेका थिए । यस हिसावले अवको एक महिना १९ दिन भित्रमा नेपाल लाइफले आफ्नो लगानीलाई अलग गराउनु पर्नेछ । नेपाल लाइफको सिटी सेन्टर जस्तै थुपै्र क्षेत्रमा लगानी गरिरहेको छ ।

लगानी निजी भन्दा पनि कम्पनीको रहेको खुलेको छ । लाखौँ बिमित जोडिएको नेपाल लाइफले बिमित कै रकमले आफू कमाउने गरेको छ । बिमितको रकमलाई अन्य क्षेत्रमा लगानी गरिरहेको नेपाल लाइफले कोषकै रकमलाई हिनामिना गरिरहेको छ । यसको आवश्यक कारवाही हुनु पर्ने देखिएको छ । 

स्रोतका अनुसार प्राधिकरणले जहिले पनि नेपाल लाइफको यो लगानीलाई लिएर प्रश्न उठाउने गरेको छ । तर, प्राधिकरणको प्रश्नको उत्तर आउन नपाई सम्पुर्ण प्रक्रिया बन्द हुन्छ । जसले गर्दा आजसम्म नेपाल लाइफ यस विषयमा उम्किरहेको छ । कम्पनीका सञ्चालक कमलेशले कम्पनीका नाममा लिजमा सहमति भएअनुसार मासिक भाडा असुली गरि स्वतः राख्ने गरेको पाइएको छ । उनी अवैध कार्यमा लिप्त रहेको उक्त विषयहरुले दर्शाउँछ ।

पहुँचको भरमा उनीमाथि कारबाही प्रक्रिया अघि बढेपनि बिना निष्कर्ष नै टुङ्गिरहेको छ । सिटी सेन्टरमा रहेको अवैध लगानीलाई कम्पनीले कसरी अगाडी लग्ला यो हेर्न बाँकी छ । के उनले अब आफ्नो स्वामित्वमा रहेको सिटी सेन्टरको सेयर बिक्रि गर्लान् कि पुनः प्राधिकरणको नियम मिच्लान् । प्राधिकरणलाई यस्तो विषयमा गम्भीर भएर कारवाही प्रक्रिया थाल्न आवश्यक छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको