Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले गर्‍यो बागमती सरकारबाट बाहिरिने निर्णय

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, ११ : ४० मा प्रकाशित

एमालेले गर्‍यो बागमती सरकारबाट बाहिरिने निर्णय

नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमाले बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिएका हुन् ।

एमाले नेताहरुले मन्त्री पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारमा सामेल हुने बताइएको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्माकट्टेल नेतृत्वको गठबन्धन सरकारमा एमाले र माओवादी केन्द्रसहित पाँच राजनीतिक दल सहभागी भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसअघि नै जम्माकट्टेल नेतृत्वको सरकारबाट बाहिरिएको थियो । राप्रपा र एमालेले जम्माकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आज विश्वासको मत लिँदैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको