Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका सह प्रवक्ता पोखरेलको प्रश्न– पैसा हुँदा हुँदै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेका हुन् त ?

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १५ : ५१ मा प्रकाशित

राष्ट्र बैंकका सह प्रवक्ता पोखरेलको प्रश्न– पैसा हुँदा हुँदै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेका हुन् त ?

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत भएतापनि ऋण प्रवाह नगरेको आरोप लगाएका छन्। बैंंक तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक बैंक तथा वित्तीय संस्थाले ७ अरब रुपैयाँको रकम राष्ट्र बैंकमा थन्काएर राखेको बताए।

‘बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत छ। बैंक तथा वित्तीय संस्थाले एक अर्कोलाई ७ प्रतिशत व्याजका ऋण दिने काम भएको छ। प्रत्येक बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा ७ अरब रुपैयाँ थन्काएर राखेका छन्। यदि ऋणको माग भएको भए ऋणमा प्रवाह गर्नुहुन्थ्यो। राष्ट्र बैंकले १ रुपैयाँ पनि व्याज दिँदैन।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको