Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा सम्पन्न, ७ जना सञ्चालक पदमा नियुक्त

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १७ : २० मा प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा सम्पन्न, ७ जना सञ्चालक पदमा नियुक्त

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा साल्ट ट्रेडिङ कर्पोरेसनको ५६औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। 

यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले हालको लेखापरीक्षक एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टस् पुनः नियुक्ति गरिएको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा नियुक्त गरेको छ । सभाले प्रदीप लाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्र मान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शंकर प्रसाद क्षेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

त्यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल भएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जारी गरेको विज्ञप्ति यस्तो छ:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको