समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज अर्थात चैत ११ गते बस्दैछ । संस्थाको फागुन १२ गतेका दिन बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्दैछ ।
सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभाले सञ्चालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्षको लेखारिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह वितरण गर्ने प्रस्ताव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस