Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तमा रोजगारीको अवसर

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, १२ : ०७ मा प्रकाशित

समता घरेलु लघुवित्तमा रोजगारीको अवसर

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज (बिहिबार) एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय अधिकृतदेखि प्रशिक्षार्थी सम्मका पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले अनुगमन तथा सररिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभागलगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा एक जनाका दरले कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । संस्थाका अनुसार अनुभवि तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट मार्फत  https://www.samata.org.np/ आवेदन दिन सक्नेन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको