Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले पाउने भयो तीन मन्त्रालय, यी हुन् मन्त्री बन्ने सम्भावित नाम

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १२ : ३४ मा प्रकाशित

रास्वपाले पाउने भयो तीन मन्त्रालय, यी हुन् मन्त्री बन्ने सम्भावित नाम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ । लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ। 

प्रधानमन्त्री प्रचण्डले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्नेगरि तयारी थालेका छन् । मन्त्रालयको भागबण्डा करिब टुँग्याईएको बालुवाटार स्रोतको दाबी छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने निश्चित भएको छ ।

लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा. चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् । तर, क–कसलाई सरकारमा पठाउने भन्नेबारे रास्वपाले बैठक राखेर निर्णय गर्ने बुझिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको