Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फण्डको न्याभ घट्यो, सामूहिक लगानी कोषको ४ समूहको २५०,००० कित्ता लगानी

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १६ : २२ मा प्रकाशित

सानिमा लार्ज क्याप फण्डको न्याभ घट्यो, सामूहिक लगानी कोषको ४ समूहको २५०,००० कित्ता लगानी

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको सानिमा लार्ज फण्डले २०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ १२ पैसामा झरेको छ । माघ ससान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ६८ पैसा रहेको थियो । सो मूल्य माघ मसान्तको तुलनामा ५६ पैसाले घटेको हो । 

त्यसैगरी माघ मसान्तसम्ममा फण्डले ६२ करोड २६ लाख ८६ हजार ८१५ रुपैयाँ सूचिकृत सेयरमा लगानी गरेको छ । फण्डको वाणिज्य बैंक लगायत विभिन्न समुहहरु गरी ८८ सुचिकृत कम्पनीमा लगानी रहेको छ । फण्डले वाणिज्य बैंक समूहका सर्वाधिक लगानी गरेको नेपाल बैंक लिमिटेडमा १ लाख ४६ हजार कित्ता, सिद्धार्थ बैंक लिमिटेडको ८२ हजार कित्ता एन आइ सी एसिया बैंक लिमिटेडको ७३ हजार कित्ता, ग्लोबल आइएमई बैंक लिमिटेडको ९१ हजार कित्ता र प्रभु बैंक लिमिटेडको ३८ हजार कित्ता सेयरमा लगानी रहेको छ । 

त्यस्तै, फण्ड विकास बैंक समूहको गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेण्ट विकास बैंक लिमिटेडका सेयरमा पनि लगानी रहेको देखिएको छ । 

त्यस्तै सामूहिक लगानी कोष समूह अन्तर्गत ४ समूह कुमारी धनवृद्धि योजना, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २, आरबीबी म्युचुअल फण्ड १ र सनराइज ब्लुचिप फण्डको २ लाख ५० हजार कित्ता लगानी रहेको छ । 

त्यस्तै, लघुवित्त समूह अन्तर्गत सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि फण्डको लगानी रहेको छ । 

त्यस्तै, विभिन्न समूहहरु निर्जीवन विमा समूह, जीवन विमा समूह, जलबिद्युत समूह, उत्पादन तथा प्रशोधन समूह, होटल तथा पर्यटन समूह, लागानी समूह र अन्य समूहको पनि लगानी रहेको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ :

त्यस्तै, सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको सानिमा इक्वीटी फण्डले पनि २०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । जसअनुसार फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १२ रुपैयाँ १४ पैसामा झरेको छ । माघ ससान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ०२ पैसा रहेको थियो । सो मूल्य माघ मसान्तको तुलनामा ८८ पैसाले घटेको हो ।  

त्यसैगरी माघ मसान्तसम्ममा फण्डले १ अर्ब ४ करोड २५ लाख ७३ हजार ४२१ रुपैयाँ सूचिकृत सेयरमा लगानी गरेको छ । फण्डको वाणिज्य बैंक लगायत विभिन्न समुहहरु गरी ८८ सुचिकृत कम्पनीमा लगानी रहेको छ । फण्डको ९९ सुचिकृत कम्पनीमा लगानी रहेको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको