Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया इन्डेक्स फण्ड १५ पैसाले घट्यो, नेपाल इन्भेष्टमेन्ट बैंक ग्रोथ फण्डको १० लाख लगानी

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १६ : २९ मा प्रकाशित

एनआईसी एशिया इन्डेक्स फण्ड १५ पैसाले घट्यो, नेपाल इन्भेष्टमेन्ट बैंक ग्रोथ फण्डको १० लाख लगानी

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आई सी एशिया सेलेक्ट–३०(इन्डेक्स फण्ड)ले २०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण सार्वजनिक गरेको छ । 

फाल्गुण मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ १० पैसामा झरेको छ । उक्त मुल्य माघ मसान्तको तुलनामा १५ पैसाले घटेको छ । माघ ससान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५२ पैसा रहेको थियो ।

त्यसैगरी मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा ३३ करोड ८४ लाख ७२ हजार ९०५ लगानी गरेको छ । फण्डको ४८ कम्पनिमा लगानी रहेको देखाएको छ । 

त्यस्तै, फण्डले वाणिज्य बैंक समूहका नेपाल बैंक लिमिटेडको ८१ हजार कित्ता, सानिमा बैंक लिमिटेडको ७१ हजार कित्ता, माछापुछ्रे बैंक लिमिटेडको ५४ हजार कित्ता, प्रभु बैंक लिमिटेडको ४४ हजार कित्ता र कुषि विकास बैंकको ७२ हजार कित्ता लगानी रहेको छ ।

त्यस्तै, विकास बैंक अन्तर्गत गरिमा विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक र साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको लगानी रहेको छ भने यस फण्डको म्युचुअल फण्ड अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फण्डको १० लाख लगानी रहेको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ: 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको