Like us!
Follow us!
Connect us!
Watch us!

रविले मिटरब्याज पीडितहरूलाई भेटेर भने– ‘राज्यले तपाईहरूको माग तुरुन्त समाधान गर्नुपर्छ’

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : ३४ मा प्रकाशित

रविले मिटरब्याज पीडितहरूलाई भेटेर भने– ‘राज्यले तपाईहरूको माग तुरुन्त समाधान गर्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्  । बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई आज मंगलबार भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरूलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरूलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरूको माग तुरुन्त समाधान गर्नुपर्छ ।’ 

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए ।

सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको