Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकद्वारा ग्लोबल मनि विक २०२३ मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १५ : १६ मा प्रकाशित

सानिमा बैंकद्वारा ग्लोबल मनि विक २०२३ मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकले २०७९ चैत्र ६ देखि चैत्र १२ गतेसम्म ग्लोबल मनि विक २०२३ अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरियो । साथै, Global Money Week 2023 को “Plan Your Money, Plant Your Future” सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरियो ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको