सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक दिउँसो ३ बजे फेरि बस्नेगरि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकले आज मन्त्रालयको भागबण्डा टुँगो लगाउने भनिएको छ ।
बैठकबाट बाहिरिएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे सहमति नभएको स्पष्ट पारे । उनकाअनुसार बैठक दिउँसो ३ बजे पूनः बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भने आज सहमति नभएसम्म बैठकबाट नउठ्ने भनेका थिए ।
प्रधानमन्त्री दाहाले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन् । तर, सत्ता गठबन्धनमा आवद्ध दलले मन्त्रालय धेरै मागेपछि सहमति हुन नसकेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस