Like us!
Follow us!
Connect us!
Watch us!

बाणिज्य बैंकहरुले बढाए नाफा, १५ बैंकको ५ अर्बभन्दा बढी

सोमबार, २९ कार्तिक २०७३, ११ : ३४ मा प्रकाशित

बाणिज्य बैंकहरुले बढाए नाफा, १५ बैंकको ५ अर्बभन्दा बढी

अर्थ संसार 
काठमाडौं–चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद मुनाफा उत्साहजनक देखिएको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये आइतबारसम्म १५ वटा बैंकले पहिलो त्रैमासको अपरिष्कृत (लेखापरीक्षण नभएको) वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

सार्वजनिक वित्तीय विवरणका आधारमा १५ वटा बैंकहरूको खुद मुनाफा औसत ५२ प्रतिशतले बढेको देखिन्छ । तर, यसैलाई अन्तिम आधार मान्न सकिँदैन । बाँकी बैंकहरूको वित्तीय अवस्था कस्तो रहन्छ रु त्यसका आधारमा मात्र सबै वाणिज्य बैंकहरूमा औसत मुनाफा गणना गर्न सकिन्छ । गत आर्थिक वर्षमा सबै वाणिज्य बैंकहरूको खुद मुनाफा औसत २९ प्रतिशतले बढेको थियो । 

असोज मसान्तसम्म १५ वटा वाणिज्य बैंकहरूको कुल खुद मुनाफा ५ अर्ब २९ करोड रुपैयाँ छ । ०७२ असोजमा ती बैंकहरूको यस्तो मुनाफा ३ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको कारोबार बढ्न सकेको थिएन । सोही कारण गत उक्त अवधिमा बैंकहरूले उल्लेख्य रूपमा कमाउन सकेको थिएनन् । गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको कर्जा विस्तार बढेकाले मुनाफा वृद्धिका पनि टेवा पुगेको हो ।

मुनाफा बढे पनि अधिकांश बैंकहरूको सम्पत्तिमा प्रतिफल ९रिटर्न अन इक्विटी आरओई० बढ्न सकेको छैन । आरओईले बैंकमा सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई आरओई भनिन्छ । आरओईले सेयरधनीहरूको कमाइ देखाउँछ । राष्ट्र बैंकले पुँजी वृद्धिको निर्देशन दिएपछि अधिकांश बैंकहरूले पुँजी वृद्धि गरेका छन् । तर, पुँजी वृद्धिको तुलनामा व्यावसायिक विस्तार निकै कम छ । यसकारण बैंकहरूको सम्पत्तिमा प्रतिफल बढ्न नसकेको हो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरूको कर्जा तथा सापटीको आकार बढेकाले मुनाफाको आकार पनि बढेको बैंकरहरूले बताएका छन् ।

भूकम्प र नाकाबन्दीका कारण गर्त वर्ष बैंकहरूको कारोबार विस्तारमा समस्या भए पनि यो वर्ष लगानी वातावरणमा सुधार भएकाले मुनाफा वृद्धिमा टेवा पुगेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले बताए ।

तर, यो वृद्धि सामान्य भएको उनको तर्क छ । ‘पहिलो त्रैमासको वृद्धि सामान्य हो, यसलाई उत्साहजनक भन्न मिल्दैन,’ उनले भने, ‘‘बैंकहरूको पुँजी वृद्धिको तुलनामा मुनाफा वृद्धि कम हो ।’ यद्यपि यो वर्ष आयात बढेकाले प्रतीतपत्रको कारोबार, अन्य विभिन्न शुल्क र ब्याज आम्दानीमा सुधार भएको उनले जनाए । उनले भने, ‘ती सुधारहरू पनि सामान्य हुन् । कारोबार विस्तारका लागि बैंकले अझै धेरै मेहनत गर्नुपर्नेछ ।’ 

विनाशकारी भूकम्प र नाकाबन्दीबाट सिर्जना भएको असहज परिस्थितिका कारण गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले अपेक्षित रूपमा मुनाफा आर्जन गर्न सकेका थिएनन् । तर, नाकाबन्दी पछि परिस्थिति सुधारिएकाले लगानी बढेको छ । यस्तो अवस्थामा गत वर्षको पहिलो त्रैमाससँग तुलना गर्दा यस वर्षको सोही अवधिको खुद मुनाफामा वृद्धि देखिएको हो । 

उनले भने, ‘यो अवधिमा बैंकहरूको मुनाफा रकम बढे पनि आरओई बढ्न सकेको छैन ।’ पहिलो त्रैमासमा एनएमबी, सिटिजन्स, सनराइज र सिद्धार्थ बैंकको मुनाफा वृद्धिदर सय प्रतिशतभन्दा धेरै छ । मर्जर तथा एक्विजिसनमार्फत ती बैंकहरूले कारोबार आकार बढाएकाले गत वर्षको तुलनामा मुनाफा वृद्धिदर उच्च देखिएको हो । यस्तै बाँकी बैंकहरूको खुद मुनाफा सय प्रतिशतभन्दा कमले बढेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ती बैंकहरूको निक्षेपको तुलनामा कर्जा तथा सापटी उच्च दरले बढेको छ । १५ वटा बैंकको वित्तीय विवरणका आधारमा पहिलो त्रैमासमा बैंकहरूको निक्षेप ३२ दशलमव ३३ प्रतिशतले र कर्जा तथा सापटी ३९ दशमलव ४४ प्रतिशतले बढेको कान्तिपुर दैनिकले छापेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको