Like us!
Follow us!
Connect us!
Watch us!

एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किन्छ: उपाध्यक्ष पौडेल

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १३ : ११ मा प्रकाशित

एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किन्छ: उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्। आज (शुक्रबार) प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनें कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो।’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौं। यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्‍यो भने केही हप्ताको काम हुन्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको