Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि ‘हृयाप्पी आवर्स’ योजना सार्वजनिक

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १५ : ४४ मा प्रकाशित

ग्लोबल आईएमई बैंकका ग्राहकहरुका लागि ‘हृयाप्पी आवर्स’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन । बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । 

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।  
 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको