Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणले पुनः गति लिँदै, यस्तो छ १९ दिनको तथ्याङ्क

निकिता खनाल

आइतबार, १९ चैत्र २०७९, १७ : ५१ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणले पुनः गति लिँदै, यस्तो छ १९ दिनको तथ्याङ्क

पछिल्लो समय कोभिड–१९ संक्रमण पुनः देखा पर्न थालेको छ । भारतमा शनिबार पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या निरन्तर संक्रमण बढ्दै गएको छ । नेपाल भारतको खुल्ला सिमानाहरुमा पीसीआर र एन्टीजेनबाट कोभिड १९को परिक्षण गरेतापनि कतिपय खुल्ला सिमानामा यसको परिक्षण हुन नसकेको अवस्था छ । भारतमा संक्रमणको संख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढने देखिन्छ । 

अघिल्लो महिनाको तुलनामा नेपालमा पनि कोभिड १९को संक्रमण देखापर्न थालेको हो । चैत महिनाको १ गते देखि हालसम्मको पीसीआर र एन्टीजेन गरी २० हजार ६१८ जनामा नमुना परीक्षण गर्दा एक सय ४१२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै चैत १७ गते १०७९ मा नमुना परिक्षण गर्दा १४२ जनामा संक्रकण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमणको संख्या १९४ रहेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चैत महिनाको ३ दिन शुन्य संक्रमण देखिए पनि एकहप्तादेखि भने संक्रमण बढ्दो क्रममा रहेको छ । त्यस्तै हालसम्म कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या पनि थप १८ हजार ५९२ रहेको छ । यसअघि चैत १८ गते ३८,  १७ गते १४२, चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो ।

त्यसैगरी कोरोना संक्रमण बढ्ने अवस्थामा आज दार्चुलाका जनप्रतिनिधिले कोरोनाकालदेखि बन्द तिङ्कर नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । 

त्यस्तै आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी मागेका छन् । कोभिड १९ संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदहरुले चासो राखेका छन् । छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन् । कोरोना संक्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको संक्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ ? भनेर प्रश्न समेत गरे । 

त्यस्तै, कोरोना सङ्क्रमण बढेसँगै मन्त्रालयले अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । विगत झै सरकार समय मै सचेत नभए कोरोनाले भयावह रुप लिने देखिन्छ । भारत र चीनसँगको नाकाबाट भित्रिने नागरिकलाई कडाईका साथ परिक्षण गर्नुपर्ने अहिलको आवश्यकता छ । सरकारले कोरोनाको लहर सुरु हुन अघि नै महत्व पूर्ण कदम चाल्नु पर्ने हुन्छ । के सरकार यसपाली तयारी अवस्थामा छ त? की हुन् बाकी छ ? उक्त विषयले सम्पूर्णमा चासो थपिदिएको छ । स्वस्थ्य मन्त्रालयले समेत यसको प्रक्रिया थाले कोरोनाको भयावह अवस्थालाई केहि हदसम्म रोक्ने सकिनेछ । यसबारे सुरुमै सरकार सरोकारबालाहरु सचेत नभए कोरोना नेपाललाई त्राहिमाम बनाउन सक्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको