Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईबीएल म्युचुअल फण्डबीच सम्झौता

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १७ : ४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईबीएल म्युचुअल फण्डबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रा.लि.बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना  मार्फत लगानी गर्न सक्ने छन् । 

उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रा.लि.का तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले  मिति २०७९ चैत्र २० गते  सोमबारका दिन हस्ताक्षर गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको