Like us!
Follow us!
Connect us!
Watch us!

करको दायरा बढाउन अर्थमन्त्री डा. महतलाई चेम्बरको आग्रह

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, ११ : ०० मा प्रकाशित

करको दायरा बढाउन अर्थमन्त्री डा. महतलाई चेम्बरको आग्रह

अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले मंगलबार अर्थमन्त्री डा.महतलाई भेटेर करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो ।

‘करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ’, चेम्बरले भने । अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताए । बिल लिनेरदिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न आग्रह गरे । उनले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पूँजीगत खर्चमा टाइम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गर्नुपर्ने बताए । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न आग्रह गरेको छ ।

भेटमा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको उनको भनाइ थियो । ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले नेपाल राष्ट्र बैंकका गर्भनरलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु’, उनले भने । लक्ष्यअनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिइरहेको उनको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले लय समाउने मन्त्री डा। महतले विश्वास व्यक्त गरे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको