प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ बुधबार हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ ।
यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको सुनवाइ भएको थियो ।
२०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस