प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका हुन् ।
“अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छ”, उनले भने, “हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पु¥याउनेछौँ ।”
उनले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताएका छन्। एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ ।
“अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो ।”
उनले जनताले सवारी चालक अनुमति पत्र, पासपोर्ट वा अन्य सेवा प्राप्त गर्दा भोगिराखेका भन्झट र विदेशमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी गर्नु सरकारको प्रारम्भिक चरणको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।
उनले आफू प्रधानमन्त्री हुँदै गर्दा विदेशी मुद्राको सञ्चिति गम्भीर अवस्था रहेको भए पनि केही नीतिगत र प्रक्रियागत निर्णयले अहिले विदेशी मुद्राको सञ्चिति पहिलेभन्दा गुणात्मक रुपमा वृद्धि भएको उल्लेख गरे ।
आफूले सरकारको नेतृत्व गरेदेखि नै सामाजिक न्याय, सुशासन र समृद्धिलाई अगाडि बढाउने सङ्कल्प गर्दै आएको भन्दै त्यसअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकदेखि नै जनतामा आशा जगाउने काम हुँदै आएको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले सरकारले ल्याउने नयाँ नीति तथा कार्यक्रम परम्परागत ढङ्गको बनाएर नहुने भन्दै नयाँ ढङ्गको बनाउने गरी गठबन्धन दलमा छलफल भइसकेको बताए । उनले सरकारले भर्खरै मात्र ल्याएको साझा नीति तथा कार्यक्रममा एमालेले सरकारलाई समर्थन दिँदा बनाइएको नीति तथा कार्यक्रमसहितलाई समेटेर सार्वजनिक गरिएको जानकारी दिए ।-रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस