आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्ने टिम बनेको छ । अर्थ मन्त्रालयले आज शुक्रबार सहसचिव भूपाल बरालको संयोजकत्वमा ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो । सहसचिव बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् ।
बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिवले गर्नेछन् भने बजेटको मार्गदर्शन अर्थ मन्त्रीले गर्नेछन् । यसअघि नै मन्त्रालयले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गरिसकेको छ भने उक्त समितिले काम समेत सुरु गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस