Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा बन्दै गरेको अपार्टमेन्टका कारण यसरी भासियो वरपर क्षेत्रका घर (फोटोफिचर)

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १५ : ३७ मा प्रकाशित

ललितपुरमा बन्दै गरेको अपार्टमेन्टका कारण यसरी भासियो वरपर क्षेत्रका घर (फोटोफिचर)

शनिबार राति २ बजे ललितपुरस्थित् बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण आसपासको जमिन भासिँदा अपार्टमेन्टसँगै भएको दुई घर भासिएका छन् । 
बखुण्डोलमा निर्माणधीन अवस्थामा रहेको समिट होटल एण्ड रेसिडेन्स् अपार्टमेन्ट बनाउने प्रयोजनका लागि जग खन्ने क्रममा आसपासका घरहरु भासिएका हुन् । 

निर्माणाधीन उक्त अपार्टमेन्ट वरपरका क्षेत्रहरु अहिले प्रभावित बनेको अवस्था छ । भासिएका घरलगायत वरपर जोखिपूर्ण रहेकाला उक्त क्षेत्रमा जानसमेत निषेध गरिएको छ । उक्त क्षेत्रमा एउटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने अर्का पाँच तले घरको साढे एकतला भासिएको देख्न सकिन्छ । उक्त क्षेत्रमा रहेको अन्य ६ घर समते जोखिम पूर्ण अवस्था रहेको छ । 

सुरक्षाकर्मीका अनुसार उक्त घटनामा मानविय क्षति भने भएको छैन् भने जोखिम बढ्दै गएको छ अवस्था छ । घर भत्किएका र जोखिममा रहेका घरका परिवार र त्यहाँका स्थानीय भने आक्रोशित देखिन्छन् । जमिन भासिएको क्षेत्रमा ललितपुर महानगरपालिकाको प्राविधिक टोलीले अध्ययन गर्नेक्रम जारी रहेको छ । 

Photo By- ArthaSansar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको