Like us!
Follow us!
Connect us!
Watch us!

अझै केही दिन कोरोना सङ्क्रमण बढ्ने छः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, ०६ : २९ मा प्रकाशित

अझै केही दिन कोरोना सङ्क्रमण बढ्ने छः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । “अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ”, उनले भने, “त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ ।”

मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ । आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज २९ जना कोरोना सङ्क्रमणबाट उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् । 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारणले सङ्क्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको