Like us!
Follow us!
Connect us!
Watch us!

समिट होटलको परियोजनासँगको संलग्नताबारे सार्वजनिक भएका समाचार प्रति सीजी डेभलपर्सद्वारा गम्भीर ध्यानाकर्षण

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १५ : ४४ मा प्रकाशित

समिट होटलको परियोजनासँगको संलग्नताबारे सार्वजनिक भएका समाचार प्रति सीजी डेभलपर्सद्वारा गम्भीर ध्यानाकर्षण

समिट होटल प्रा.लि.ले विकास गरिरहेको परियोजनासँग सीजीको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टिका टिप्पणीहरूप्रति सीजी डेभलपर्सको गम्भिर ध्यानाकर्षण भएको बताएको छ। सीजी डेभलपर्सले आज जारी गरेको विज्ञप्तिमार्फत् आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएको हो । 

समिट रेसिडेन्सीको परियोजनामा सीजी डेभलपर्सको जम्मा ३० प्रतिशतको हिस्सा रहेको र उक्त परियाजनामा बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

सीजी डेभलपर्सले जारी गरेको ध्यानाकर्षण पत्र यस्तो छ:

समिट होटल प्रा. लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टिका टिप्पणीहरूप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 

समिट होटल प्रा. ली. मा उक्त होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो । 

बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा श्री रविभक्त श्रेष्ठ, श्री अमृतरत्न शाक्य, श्री सुवर्णकृष्ण श्रेष्ठ, श्री संचित श्रेष्ठ र उहाँहरूको परिवार रहनुभएको छ । समिट होटल प्रा।ली। ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ । त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौं ।

सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ति परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन् भन्ने बारेमा हामी विदितै छौं । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी ९फेज १, २ र ३० विकास गरेको हो । र, अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्दछ ।

समिट होटल प्रा. ली. को परियोजनाका सम्बन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रूपमा संचित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराउनु भएको विषय हामीलाई पनि जानकारी भएको छ । र, यस सम्बन्धमा आवस्यक थप जानकारी उहाँमार्फत् नै आउनेछन् भन्नेमा पनि हामी सबैलाई विश्वस्त रहन आग्रह गर्दछौं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको