Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री र अर्थमन्त्रीको दुई स्वरमा एक भाषण, जसले बढायो लगानीकर्ताको मनोबल (भिडियो )

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १९ : ५४ मा प्रकाशित

केहि समय देखि चलाएमान हुन् नसकेको लगानीकर्ताको मनोबल मंगलबार दिउँसो एकाएक बढ्यो।  कारण थियो नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री र अर्थमन्त्रीको भाषण। सभमा सम्बोधन गर्दे प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) र अर्थमन्त्री डा. प्रकाशशरण महत दुबैले अब ब्याजदर घट्छ भनेपछि लगानीकर्ता उत्साहित भएको जसको कारण नेप्से दोहोरो अंकले बढेर बन्द भयो। 

‘एफएनसीसीआई’ कार्यक्रमलाई सम्बोघन गर्दे प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंक ब्याजदर कम गर्ने र राजस्व संकलन गर्ने बढाउने सन्दर्भमा छलफल भइरहेको बताए। ‘अहिलेको चुनौतीको सामना गर्ने गरी सरकारले मेहनत गरिरहेको छ।’

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको संकट मौद्रिक नीति कडा हुँदा भएकोतर्फ संकेत गर्दै मौद्रिक नीतिका कारण ऋण विस्तार नभएको, ब्याजदर बढेको, आर्थिक गतिविधि घटेर राजस्वमा दबाब परेको बताए।

सोहि अनुरुप नेप्से २७.३१ अंकले बढेको छ । आज नेप्से २७.३१ अंकले बढेर १ हजार ८ सय ७१ दशमलब ३३ को विन्दुमा कायम हुन पुगेको हो। सोमबार नेप्से ५.५४ अंकले बढेको थियो । नेप्से ५.५१ अंकले बढेर १ हजार ८ सय ४४ दशमलब ०२ को विन्दुमा कायम हुन पुगेको थियो ।

आज नेप्सेमा ९४ कारेड ५२ लाख ४९ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६ कम्पनीको सेयरमूल्य घटेको छ भने १ कम्पनीको सेयरमूल्य यथावत रहेको छ । नेप्से बढेसँगै आज शिवम सिमेन्टको कारोबार अब्बल रह्यो ।

हेर्नुहोस कार्यक्रममा प्रधामन्त्री र अर्थमन्त्रीले राखेका विचार भिडियोमा (यहाँ क्लिक गर्नुहोस )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको