Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको सांसदहरुसँग प्रश्नोत्तर

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, ०८ : ०२ मा प्रकाशित

आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको सांसदहरुसँग प्रश्नोत्तर

प्रतिनिधि सभा बैठक आज बस्ने तय भएको छ। 

संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।

आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन  २०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म पेश गर्ने कार्यसूची छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको