Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, ०६ : २८ मा प्रकाशित

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् । 

मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनै पनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज बहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताएका हुन् । 

उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताए। उनले सिबिफिनले दुई अंक ब्याजदर घटाउन सुझाव दिए पनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताएको जानकारी दिए। 

उनले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले बहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताए। उनले भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको बताए। उनले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने सुझाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको