Like us!
Follow us!
Connect us!
Watch us!

आज MNBBL को सेयर किन्ने र नबेच्नेले गर्नेछन लाभांस सुरक्षित

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ०७ : ५२ मा प्रकाशित

आज MNBBL को सेयर किन्ने र नबेच्नेले गर्नेछन लाभांस सुरक्षित

मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनी घोषणा गरेको लाभांस प्रस्ताव पारित गर्न पुस ३० गते सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सो सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १३।५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ (आज ) गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम MNBBL रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको