काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंबासीलाई राजनीति नभई सम्पदा, संकृति, कला, सभ्यता चाहिने बताएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताएका हुन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’ उनले लेखेका छन् ।
काठमाडौंको हितमा काम नगरेको र केन्द्र सरकारसँग भएको समझदारी मात्रै भएको कार्यन्वयन नभएको भन्दै सिंहदरबारको फोहोर उठाउन बन्द गरेका मेयर साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस