प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लेआज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी गरेका छन् । अन्य मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छैन । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ः०० बजेका लागि तोकिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथ ग्रहण गराउन लागिएको हो ।
काँग्रेसको भागका अन्य चार मन्त्रीको शपथ ग्रहण भने उपचुनावपछि हुने बताइएको छ ।
प्रधानमन्त्रीले वैशाख दोस्रो साता भारत भ्रमण गर्ने तयारि गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस