Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफले डाक्यो साधारण साभा, यस्ता छन् एजेण्डा

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ११ : ०६ मा प्रकाशित

सिटिजन लाइफले डाक्यो साधारण साभा, यस्ता छन् एजेण्डा

सिटिजन लाइफले छैठौं वार्षिक साधारण साभा बैशाख २१ गते आयोजना गर्ने भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा गर्ने कम्पनीले जनाएको हो । उक्त सभा दिउँसो ३ बजे गर्ने कम्पनीले बताएको छ ।

सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८र ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ र७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९र ८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७८र ७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको